aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेप्सेमा खप्तड लघुवित्तको चार लाख कित्ता शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ कार्तिक २०७९
नेप्सेमा खप्तड लघुवित्तको चार लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ४ लाख कित्ता शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले खप्तड लघुवित्त वित्तीय संस्थाको चार लाख कित्ता आईपीओ सूचीकृत गराएको हो ।

नेप्सेका अनुसार पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज न्यनतम १०१.०७ रुपैयाँदेखि ३०३.२१ रुपैयाँसम्म तोकको छ । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको शेयर मंगलबारदेखि कारोबारमा आउने छ । 

कम्पनीले भदौ ८ गते प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको थियो ।

सर्वसाधारणमा जारी गरेको कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको थियो । 

प्रतिक्रिया दिनुहोस