aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सत् प्रतिशत अर्गानिक तरकारी बजारमा, बिचौलिया नभई सिधै उपभोक्तामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
सत् प्रतिशत अर्गानिक तरकारी बजारमा, बिचौलिया नभई सिधै उपभोक्तामा

काठमाडाैं । गोल्यान समुहले सत् प्रतिशत नै प्राङगारीक कृषि उपज बजारमा ल्याएको छ । ५ सय भन्दा बढि दक्ष तथा अनुभवि जनशक्ति कार्यरत यो समुहले देशको आर्थिक संवृद्धिको सपना पुरा गर्ने उद्देश्यले प्राङगारिक कृषि गर्न लागेको बताएको छ । 

२ अर्ब लगानि गरेर उत्पादन गर्न सुरू गरेको गोल्यान ग्रुपले पहिलो चरणमा २०० बिघामा व्यवसायिक फार्मको खेती सुरू गरेको छ ।  

यस कम्पनिले ‘माटो’ ब्राण्डका नामले देश विदेशमा विषदिमुक्त कृषिजन्य उत्पादन बिक्रि वितरण  गर्ने अभियान सुरू गरेको छ । अहिले माटो ब्राण्ड मार्फत अधिकतम मौसमि तरकारीहरूको विक्रि वितरण भइरहेको बेलामा उक्त समुहले निकट भविष्यमा फलफुल, चिया, कफी, मसला, बासनादार, चामल, मह, लगायतका सम्पूर्ण कृषि उपजहरूको विक्रि वितरण गर्ने गोल्यान पक्षले जनाएको छ । 

उक्त सामान हाल काठमाडौंका  भाटभटेनी, बिगमार्ट, लयायतका स्टोरहरूमा माटो ब्राण्डका कृषि उपजहरू पाइने छन् । 

गोल्यान समुहका अध्यक्ष  पवन गोल्यानले भने ‘हामी दूई तिहाई किसान उत्पादनमा लागेका छौं । किसानहरू उकास्नु पर्छ भनेर हामी अगाडि बढेका छौं’ । विषदी रहित अर्गानिक तरकारी पनि अन्य तरकारीकै मुल्य पाइने उनले बताए । 

गोल्यान समुहले अर्गानिक तरकारी बाहेक अरू तरकारी नबेच्ने प्रतिबद्धता जनाएको छ । तरकारी मात्र उत्पादन गरेको गोल्यानले अब फलफुल पनि बजारमा ल्याउने अध्यक्षले जानकारी दिए । 

अर्गानिक खेती किसानबाट बिच्यौलालाई नदिकन  सिधै उपभोक्ता समक्ष पुर्याई कृषिमा रहेको व्यापार घाटालाई कम गर्ने गोल्यान समुहको लक्ष्य रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस