
काठमाडौं । असुरक्षित वैदेशिक रोजगारीमा नेपाली नागरिकले ज्यान गुमाउने क्रम रोकिएको छैन । तीन महिनाको अवधिमा वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगेका ७९ जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार साउन देखि असोजमसान्तसम्मको अवधिमा ७९ जना पुरुषले साउदी अरबमा ज्यान गुमाएका हुन् ।
सचिवालयका अनुसार तीन महिनाको अवधिमा ९ महिला र २ सय ७१ जना पुरुष गरी २ सय ८० जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । ती मध्ये साउदी अरब पछि मलेसियामा ६४ जना (६२ पुरुष-२ महिला), कतारमा ४८ जना (४८ पुरुष), संयुक्त अरब इमिरेटस (यूएइ) मा ४८ जना (४५ पुरुष-३ महिला), कुवेतमा १९ जना (१६ पुरुष-३ महिला), दक्षिण कोरियामा छ जना (६ पुरुष), बहराइनमा पाँच जना (५ पुरुष), जोर्डमा दुई जना (१ पुरुष- १ महिला) ले ज्यान गुमाएका छन् । साथै जापान, टर्की, पोल्याण्ड, पोर्चुगल, ओमान, माल्दिभ्स, ब्रुनाईमा क्रमशः एक जना पुरुषले ज्यान गुमाएका छन् । श्रम स्वीकृति लिएर गएका नेपाली पुरुष तथा महिलाले बिरामी तथा दुर्घटनामा परि ज्यान गुमाएका हुन् ।
यसैबीच बोर्डका उप–सचिव दिपक ढकालले मृतकका ती परिवारलाई क्षतिपूर्ति बापत् आर्थिक सहायता स्वरुप १६ करोड सात लाख ५५ हजार रुपैयाँ प्रदान गरेको बताए । उनले बार्डले अनिवार्य दायित्व अन्र्तगत आर्थिक सहायता प्रदान गरिएको बताएका छन् । बोर्ड सचिवालयले मृतकका परिवारका नजिकका हकवालालाई आर्थिक सहायतास्वरुप सात लाख रुपैयाँ प्रदान गर्ने गरेको छ । बोर्डले कल्यणाकारी कार्य अन्र्तगत मृतकका नजिकका हकवालालाई आर्थिक सहायता प्रदान गर्ने, अंगभंग÷बिरामी भएका कामदारलाई आर्थिक सहायता, कामदारका परिवारलाई औषधोपचार सहयोग, शव झिकाउने , शव ढुवानी, अभिमुखीकरण तालिम दिने लगायतका काम गर्दै आएको छ । उक्त कार्यहरु बोर्डको अनिवार्य दायित्व अन्र्तगत कल्याणकारी कार्य हो । सोहि क्रममा कल्याणकारी कार्य अन्र्तगत तीन महिनाको अवधिमा सात सय ७८ जना (६६५ पुरुष÷११३ महिला) का लागि बोर्डले १८ करोड ५३ लाख १५ हजार एक सय रुपैयाँ खर्च गरेको छ ।
यस्तै, बोर्डले तीन महिनाको अवधिमा दुई सय ७३ वटा (२६४ पुरुष÷९ महिला) शव मृतकको घर ठेगानासम्म ढुवानी गरेको छ । शव ढुवानीको लागि उसले ५३ लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ । ६३ वटा (६९ पुरुष÷३ महिला) शव झिकाउनका लागि ४५ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ । बोर्डले विदेशमा रहेको नेपाली नियोगसँगको समन्वयमार्फत् शव झिकाएको हो । ३९ जना पुरुषको उद्दारका लागि आठ लाख १९ हजार रुपैयाँ खर्च गरेको छ । यसका लागि पनि नियोगसँग समन्वय गरेको पाइन्छ । ३१ जना (२९ पुरुष÷२ महिला) अंगभंग÷बिरामी भएका कामदारलाई आर्थिक सहायतास्वरुप एक करोड ३३ लाख ७० हजार रुपैयाँ वितराण् गरेको छ ।
सात जना (५ पुरुष÷२ महिला) वैदेशिक रोजगारीमा गएका कामदारका परिवारलाई औषधोपचार सहयोगस्वरुप तीन लाख ५० हजार रुपैयाँ र ८५ जना महिलालाई अभिमुखीकरण तालिम प्रदान गर्नको लागि ५९ हजार पाँच सय रुपैयाँ वितरण गरेको छ । बोर्डले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा रही वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरेको पाइन्छ । वैदेशिक रोजगारी असुरक्षित हुदाँ नेपाली नागरिकले वैदेशिक रोजगारीको नाममा विदेश तथा स्वदेशमा ज्यान गुमाएको पाइन्छ । श्रम सम्झौता नहुनु, सुरक्षित रोजगारीको सुनिश्चितता नगरिनु, उपचार अभाव लगायतका समस्याले गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीले ज्यान गुमाउनु परेको छ । सरकारले यसको निवारणको लागि पहल नगर्दा समस्या यथावत् रहेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस