aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इलोनले विकासोन्मुख देशका लागि सस्तो विद्युतीय कार ल्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ कार्तिक २०७९
इलोनले विकासोन्मुख देशका लागि सस्तो विद्युतीय कार ल्याउने

एजेन्सी । कार निर्माता कम्पनी टेस्लाका मालिक इलोन मस्कले इन्डोनेसियाको बालीमा भएको जी २० शिखर सम्मेलनको क्रममा व्यापार मञ्चलाई सम्बोधन गरेका छन। भारत र इन्डोनेसिया जस्ता विकासोन्मुख देशहरूमा सस्तो विद्युतीय कार ल्याउने विषयमा उनको अडान के हो भनी सोधिएको थियो। यसका लागि मस्कले भने, ‘सस्तो गाडी बनाउनुपर्छ भन्ने हाम्रो विश्वास छ र त्यसका लागि केही गर्छौं ।’

मस्कले ट्विटरको अधिग्रहणको बारेमा पनि कुरा गरे। उनले ट्विटर भिडियोको लम्बाइ बढाउने इच्छा व्यक्त गरे र सामग्री सिर्जनाकर्ताहरूसँग कमाई साझा गर्न चाहेको बताए। तर, उनले थप विवरण भने दिएनन् ।

 उद्यमशीलताको क्षेत्रमा आफ्नो सफलता अनुकरण गर्न चाहने युवाहरूलाई यसले यो सन्देश दिएको छ। इलोन मस्कले ट्विटर सुस्त भएकोमा प्रयोगकर्ताहरूसँग माफी मागेका छन्। उनले ट्वीटमा भनेका छन्, ‘धेरै देशमा ट्विटर एकदमै ढिलो भएकोमा म माफी चाहन्छु।’ प्राविधिक कारणले यो समस्या भएको हो । उनले धेरै नक्कली प्रोफाईलको सामना गर्न नयाँ फिचर ल्याउने वाचा पनि गरे।

प्रतिक्रिया दिनुहोस