aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रिलायबल लाइफको नाफा ३५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ५ अर्ब १५ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ कार्तिक २०७९
रिलायबल लाइफको नाफा ३५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ५ अर्ब १५ करोड

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३४.७० प्रतिशत बढेर १० करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ८.१७ प्रतिशत घटेर ८५ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९२ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

तीन महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क ८ प्रतिशत घटेर ८९ करोड ३१ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९७ करोड १० लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको तीन महिनामा २३ करोड ४१ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले चालु आवको तीन महिनामा १५ करोड २ लाख ६४ हजार रुपैयाँ मात्रै दावी भुक्तानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष २९.७२ प्रतिशत बढेर १ अर्ब १८ करोड रुपैयाँ, जीवन बीमा कोष ७० प्रतिशत बढेर ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४६ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस