
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रेमासमा १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको सोहि अवधिमा ७ लाख ३३ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको नाफा बढेसंगै नोक्सानी व्यवस्थापन कोष बापत राख्न पर्ने दायित्व पनि कम भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १८ करोड ८ लाख रुपैयाँ नोक्सानी बापत व्यवस्था गरेकोमा यो वर्षको पहिलो त्रैमासमा १ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ ।
इन्स्योरेन्सको खुद बीमाशुल्क १.९७ प्रतिशत बढेर ९ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीको पहिलो त्रैमासको अवधिमा पुनर्बीमा कमिशन आयबाट ३२ लाख १२ हजार रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब ८९ करोड ६७ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाठ ८३ करोड २१ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
गत आवको सोही अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट ६६ लाख २९ हजार, लगानी, कर्जा तथा अन्य आयबाट २० अर्ब २० करोड ४५ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ५९ करोड ८४ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन शिर्षकमा ८३ करोड १५ लदाख ५२ हजार रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिमा इनस्योरेन्सले यस शिर्षकमा ९९ करोड ६१ लाख ४ हजार रुपैयाँ खर्च गरेको थियो ।
प्रतिक्रिया दिनुहोस