aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल इन्स्योरेन्सले पारित गर्यो बोनस शेयरको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
नेपाल इन्स्योरेन्सले पारित गर्यो बोनस शेयरको प्रस्ताव

काठमाडौं । नेपाल इन्स्योरेन्सले ७ दशमलव ५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको छ । आइतबार काठमाडौंमा ७० औं वार्षिक साधारण सभा सम्पन्न गर्दै कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट वितरण गर्ने गरी उक्त लाभांश पारित गरेको हो ।

यो वर्ष नगद लाभांश नदिएकाले बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नुपर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १ करोड ९१ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले प्रधान कार्यालयसँगै ४६ वटा शाखा कार्यालय र २९ वटा सेवा केन्द्र गरी ७६ स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । चालू आर्थिक वर्षभित्र १६ वटा शाखा थप गर्ने तयारी कम्पनीको छ । 

गत आर्थिक वर्ष २०७५/७६ मा यस कम्पनीले १८ करोड ५ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आव २०७४÷७५ मा  ११ करोड ८८ लाख ६ हजार रुपैयाँ थियो । 

कम्पनीको गत आवको चौंथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १७ दशमलव ७२ रुपैयाँ रहेको छ । आइतबार कम्पनीको अन्तिम शेयरमूल्य २९४ रुपैयाँ कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य ४ अंकले घटेको हो ।
 

प्रतिक्रिया दिनुहोस