aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जीवन बीमा कम्पनीले गरे ४ खर्ब ९७ अर्ब लगानी, नेपाल लाइफको सर्वाधिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ कार्तिक २०७९
जीवन बीमा कम्पनीले गरे ४ खर्ब ९७ अर्ब लगानी, नेपाल लाइफको सर्वाधिक

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुले ४ खर्ब भन्दाबढि लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ४ खर्ब ९७ अर्ब ७२ करोड २७ लाख रुपैयाँ लगानी गरेका हुन् ।

हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले उक्त रकम बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, ऋणपत्र, मुद्दती निक्षेप, म्युचुअल फण्ड र नागरिक लगानी कोेष लगायतमा लगानी गरेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक लगानी गर्नेमा नेपाल लाइफ इन्स्यारेन्स रहेको छ । यस कम्पनीले तीन महिनामा एक खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल रहेको छ । जसले यसअवधिमा ७८ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । 

त्यस्तै, राष्ट्रिय बीमा संस्थानले चालु आवको पहिलो त्रैमाससम्ममा ४१ अर्ब ७० करोड ६० लाख, नेशनल लाइफ इन्स्यारेन्सले ४९ अर्ब १८ करोड २७ लाख, मेट लाइफ इन्स्यारेन्सले २४ अर्ब ४४ करोड ७२ लाख, एशियन लाइफ इन्स्यारेन्सले ३१ अर्ब ५२ करोड ३८ लाख, सूर्या लाइफ इन्स्यारेन्सले १४ अबए ८९ करोड २ लाख, गुँरास लाइफ इन्स्यारेन्सले ११ अर्ब ८३ करोड ३४ लाख रुपौयँ लगानी गरेका छन् । 

त्यसैगरी, तीन महिनाको अवधिमा प्राइम लाइफ इन्स्यारेन्सले १९ अर्ब ९३ करोड ६१ लाख, आईएमई लाइफ इन्स्यारेन्सले ६ अर्ब ३५ करोड ५३ लाख, युनियन लाइफ इन्स्यारेन्सले १३ अर्ब ३८ करोड २१ लाख, ज्योति लाइफ इन्स्यारेन्सले ९ अर्ब ५७ करोड ६८ लाख, सन नेपाल लाइफ इन्स्यारेन्सले ६ अर्ब १४ करोड ३९ लाख र रिलायन्स लाइफ इन्स्यारेन्सले ६ अर्ब २६ करोड ५२ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा रिलायबल लाइफ इन्स्यारेन्सले ८ अर्ब ८० करोड २८ लाख, सिटिजन लाइफ इन्स्यारेन्सले ९ अर्ब ८७ करोड ३६ लाख, सानिमा लाइफ इन्स्यारेन्सले ५ अर्ब ६० कोड ४२ लाख, प्रभु लाइफ इन्स्यारेन्सले ५ अर्ब ७१ करोड ४६ लाख र महालक्ष्मी लाइफ इन्स्यारेन्सले ४ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ लगानी गरेका छन् ।

दुई पुनर्बीमा कम्पनीको पनि २७ अर्ब भन्दा बढि लगानी 
हाल सञ्चालित दुई पुनर्बीमा कम्पनीले २७ अर्ब रुपैयाँ भन्दा बढि लगानी गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीले २७ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब १ करोड ४ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्स कम्पनीले यस आवधिमा ७ अर्ब ७६ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । 

नेपाल पुनर्बीमा कम्पनीले नेपाल सरकारको बचतपत्रमा ३० करोड, क वर्गको बैंकको मुद्दती निक्षेपमा १४ अर्ब ८१ करोड १२ लाख रुपैयाँ र सूचीकृत पब्लिक कम्पनी लिमिटेडको शेयरमा ९ करोड ४७ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर ऋणपत्रमा एक अर्ब ७३ करोड ९७ लाख, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ९ करोड ५१ लाख रुपैयाँ, ख वर्गको बैंक तथा वित्तीय संस्थामा एक अर्ब ९६ करोड ३१ लाख रुपैयाँ र अन्य क्षेत्रमा एक अर्ब ६३ लाख रुपैयाँ लगानी गरेको छ । 

त्यस्तै, हिमालयन रि इन्स्याेरेन्स कम्पनीले क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ७ अर्ब ९ करोड रुपैयाँ,  बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर ऋणपत्रमा ६३ करोड ४० लाख, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ४ करोड रुपैयाँ लगानी गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस