aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

घट्यो जीवन बीमा कम्पनीको बीमाशुल्क, तीन महिनामा ३५ अर्ब संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ कार्तिक २०७९
घट्यो जीवन बीमा कम्पनीको बीमाशुल्क, तीन महिनामा ३५ अर्ब संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासम्मको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको बीमाशुल्क ६.२९ प्रतिशतले घटेको हो । 

बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा १९ जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस्तो बीमा शुल्क गत आवको सोही अवधिमा ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ संकलन गरेका थिए । 

यस अवधिमा सर्वाधिक बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्यारेन्स रहेको छ । यस कम्पनीले १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल रहेको छ । जसले यसअवधिमा ४ अर्ब ५१ करोड ७४लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

त्यस्तै, राष्ट्रिय बीमा संस्थानले चालु आवको पहिलो त्रैमाससम्ममा एब अर्ब ११ करोड ६७ लाख, नेशनल लाइफ इन्स्यारेन्सले ४ अर्ब ३८ करोड ४ लाख, मेट लाइफ इन्स्यारेन्सले एक अर्ब ३१ करोड १ लाख, एशियन लाइफ इन्स्यारेन्सले एक अर्ब ७४ करोड ३४ लाख, गुँरास लाइफ इन्स्यारेन्सले ७५ करोड ७ लाख, सूर्या लाइफ इन्स्यारेन्सले एब अर्ब ३२ करोड ४४लाख, बीमा शुल्क संकलन गरेको छ । 

त्यसैगरी, तीन महिनाको अवधिमा प्राइम लाइफ इन्स्यारेन्सले एक अर्ब १६ करोड १४ लाख, आईएमई लाइफ इन्स्यारेन्सले ८७ करोड १४ लाख, युनियन लाइफ इन्स्यारेन्सले एक अर्ब ९१ करोड ४२ लाख, ज्योति लाइफ इन्स्यारेन्सले ९५ करोड १८ लाख, सन नेपाल लाइफ इन्स्यारेन्सले एक अर्ब ८१ लाख र रिलायन्स लाइफ इन्स्यारेन्सले ७८ करोड ८० लाख रुपै बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा रिलायबल लाइफ इन्स्यारेन्सले ८९ करोड ३१ लाख, सिटिजन लाइफ इन्स्यारेन्सले एक अर्ब ४७ करोड ११ लाख, सानिमा लाइफ इन्स्यारेन्सले ५८ करोड २५ लाख, प्रभु लाइफ इन्स्यारेन्सले ५३ करोड ७२ लाख र महालक्ष्मी लाइफ इन्स्यारेन्सले ४० करोड ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस