
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले प्रस्ताव गरेको ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश कात्तिक ३० गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कर समेत उक्त नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि निफ्राले मंसिर १० गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजे सभा बोलाएको हो ।
उक्त साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १ गते बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभाले लाभांश प्रस्तावसँगै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समसामायिक संशोधन गर्ने र अन्य आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित समेत पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस