
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लागि कर समेत ९ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब २८ करोड ८० लाखको आधारमा उक्त नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि पनि मर्जर प्रकृया पुरा गरी एकिकृत कारोबार पछि मात्र शेयरधनीहरूले प्राप्त गर्नेछन् । यो कम्पनी प्रिमियर इन्स्योरेन्ससँगको मर्जर प्रकृयामा रहेको छ ।
कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस