
काठमाडौं । माउन्टेन इनर्जी नेपालले साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेकको १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले पुसर ८ गते कम्पनीको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभा प्रयोजनका लागि मंसिर २७ गते एक दिनका लागि शेयरधनी किताब खाता बन्द गर्ने निर्णय गरेको छ । जस अनुसार मंसिर २६ गतेसम्म कायम भएका शेयरधनीहरले मात्र कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस