aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल एग्रो लघुवित्तको आईपीओमा ४२ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
नेपाल एग्रो लघुवित्तको आईपीओमा ४२ गुणा बढी आवेदन

वैशाख १३, काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपीओमा ४२।३४ गुणा बढी आवेदन परेको छ । बैशाख ८ देखि ११ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि १ लाख ५१ हजार २ सय कित्ता आइपीओ विक्री गरेको हो । 

विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यस कम्पनीको आईपीओ खरिदका लागि ३ लाख १५ हजार ५९२ जना आवेदकबाट ६४ लाख १ हजार ७३० कित्ता शेयर खरिदका लागि आवेदन परेको छ । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल १ लाख ६१ हजार ७७८ कित्ता मध्य २ हजार ४८९ कित्ता कर्मचारीहरुका लागि र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सर्वसाधारणमा विक्री खुला गरेको हो । हाल रू। ३ करोड ३६ लाख चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणलाई छुट्याएको आईपीओपश्चात रू। ४ करोड ९७ लाख ७७ हजार पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस