aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

निर्जीवन बीमा कम्पनीहरुले गरे ५४ अर्ब रुपैयाँ भन्दाबढि लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
निर्जीवन बीमा कम्पनीहरुले गरे ५४ अर्ब रुपैयाँ भन्दाबढि लगानी

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले ५४ अर्ब रुपैयाँ भन्दाबढि लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले ५४ अर्ब २० करोड १९ लाख रुपैयाँ लगानी गरेका हुन् ।

हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले उक्त रकम बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, ऋणपत्र, मुद्दती निक्षेप, म्युचुअल फण्ड र नागरिक लगानी कोेष लगायतमा लगानी गरेको प्राधिकरणले जनाएको छ । 

यस अवधिमा कम्पनीहरूले क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३७ अर्ब ३४ करोड ५९ लाख रूपैयाँ लगानी गरेका छन् । त्यसैगरी, नेपाल सरकारको बचतपत्रमा २३ करोड ५३ लाख रुपैयाँ, क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा १ अर्ब ७३ करोड ४२ लाख रूपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा एक अर्ब ५६ करोड ३९ लाख रुपैयाँ र कृषि पर्यटन र जलस्रोत लगायतका पुर्वाधारमा ३० करोड ५९ लाख रुपैयाँ लगानी गरेका छन् । 

प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ५८ करोड २१ लाख रुपैयाँ, कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २ अर्ब ८० करोड २१ लाख लगानी गरेका छन् ।

त्यस्तै, यस अवधिमा कम्पनीहरुले ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ र ग बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ९४ करोड ३३ लाख रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस