
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड(एनएचपीसी)ले ५० प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सुनकोशी हाइड्रो पावर कम्पनी लिको प्राप्ति पश्चात कायम हुन आउने चुक्ता पूजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीको कात्तिक २२ गते दिएको आवेदनमा ८२ करोड २१ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस