
काठमाडौं । शिखर इन्स्योरेन्स १८औं पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६१ मंसिर २ गतेबाट औपचारिक रुपमा बीमा सेवा शुभारम्भ गरेको थियो । १० करोडको चुक्ता पुँजीबाट स्थापना भएको कम्पनीको हाल २ अर्ब २८ करोडको चुक्ता पुँजी पुगेको छ भने ४ अर्ब ८१ करोडको नेटवर्थ सहित निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नेटवर्थ रहेको कम्पनीका रुपमा स्थापित भएको छ ।
स्थापनाको १८ वर्षको अवधिमा कम्पनीले १७ अर्बभन्दा बढीको दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८र७९ मा ५ अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क संकलन गरी निजी क्षेत्रको निर्जीवन बीमा कम्पनीमध्ये धेरै बीमा शुल्क संकलन गर्ने कम्पनी भएको छ ।
दशैभरी ११२ शाखा कार्यालयहरु मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । १८ वर्षको अवधीमा कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरेको छ । आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीका रुपमा सम्मानित समेत भएको छ ।
कात्तिक २७ बाट सुरु भई मंसिर २ सम्म देशभर सातै प्रदेशमा सम्पन्न हुने रक्तदान कार्यक्रममा मंसिर १ गतेसम्म बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु, खेलाडी, विद्यार्थी, बीमा सर्भेयर, एजेन्ट तथा सर्वसाधारण जनता गरी ११ भन्दा बढी व्यक्तिले रक्तदान गरिसकेको कम्पनीले जनाएको छ । मंसिर २ गते शुक्रबारसम्ममा करिब १५ सय व्यक्तिहरुबाट रक्तदान गर्ने अपेक्षा कम्पनीको छ ।
प्रतिक्रिया दिनुहोस