aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सरकारी सवारीको दुरुपयोग, अर्को  ठक्कर दिदै भाग्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
सरकारी सवारीको दुरुपयोग, अर्को  ठक्कर दिदै भाग्दै

काठमाडौं । आज शुक्रबार दिउसो १२५८ बजे अनामनगर भाटभटेनी अगाडी सिम्रिक पुल (नयाबनेश्वर पाट्टी) मुनि बा २ ब ३६९३ को सरकारी मोटर साइकलले अर्को एक निजि मोटर साइकललाई ठक्कर दिएर भागेको थियो । 

 ठक्कर दिएर भागेको उक्त मोटर साइकललाई  पछ्याएर समाउदा उक्त मोटर साइकल अनधिकृत व्यक्तिले चलाएको पाइएपछि मोटर साइकलको  पछाडी बस्ने सरकारी कर्मचारीलाई परिचय माग्दा उनले दिन मानेनन र आफ्नो परिचय पत्र समेत लुकाएका थिए ।  सिम्रिक पुल (नयाबनेश्वर पाट्टी) मुनि बा २ ब ३६९३ को सरकारी मोटर साइकलले ठक्कर  दिएर एक निजि मोटर साइकलको साइलेन्सर पाइप बाङ्गिन पुगेको थियो । 

तर ति सरकारी कर्मचारीले उक्त साधन मर्मत गरि दिनुभन्दा पनि मेरो मोटरसाइकल यहि हो नम्बर टिपेर कहा कहा उजुर गर्नु छ गरे हुन्छ भन्दै धम्क्याउदै थिए ।  उनको शैली देखेर बाटोमा हिडेका सर्वसाधारणले विरोध गर्न थालेपछि उनी त्यहाबाट भागेका थिए।

प्रतिक्रिया दिनुहोस