aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आँधिखोला लघुवित्तको सेयर कारोबार खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
आँधिखोला लघुवित्तको सेयर कारोबार खुला

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले आँधिखोला लघुवित्तको सेयर कारोबारका लागि ८७.७२ रुपैयाँदेखि २६३.१६ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ ।

यो लघुवित्तको पहिलो सेयर कारोबार सोही रेन्जभित्र रहेर हुनेछ । सेयर कारोबारका लागि यस लघुवित्तले ‘एकेबीएसएल’ संकेत पाएको छ । कम्पनीले आइतबार १० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । कम्पनीले आफ्नो चुक्ता पुँजीका आधारमा कायम भएको सेयर सूचीकृत गराएको हो ।

कम्पनीले असार २२ गतेदेखि २५ गतेसम्म बिक्री गरेको ४ लाख कित्ता आइपीओ पनि सूचीकरण गराएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म आँधिखोलाले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको रिजर्भ कोषमा २ करोड ६ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस