
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले ३१.५८% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार (भदौ ९ गते) बसेको सञ्चालक समिति बैठकले २०७५/७६ को नाफाबाट ३०% बोनस र १.५८% नगद वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले १९ करोड ७३ लाख ४० हजार बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न १ करोड ३ लाख ९३ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि मेरोको चुक्ता पुँजी ८५ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस