aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।  कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ नाफाबाट शेयरधनीहरुलाई बोनस र नगद गरी ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजीकाे ६.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६ लाख ७ हजार ३४२ रुपैयाँ बोनस शेयर र ०.३४ प्रतिशतका दरले हुन आउने ५८ लाख २१ हजार ४३९ रुपैयाँ बराबरको करसहितको नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शयरधनीहरुले ले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस