
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बुधवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर ८ गते बुक क्लोज गरेकाले भोलि मंसिर ७ गते बुधवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १८ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे गर्ने जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस