aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रिडी पावर कम्पनीको लाभांश घोषणा, बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
रिडी पावर कम्पनीको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । रिडी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँ रहेको छ । 

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस