
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले रिडी पावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो । कम्पनीले कारोबार समयमा संचालक समितिको बैठक राखेर लाभांश घोषणा गरेकोले नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का राखेको हो ।
कम्पनीले हिजो मंगलबार बिहान ११ बजे संचालक समितिको बैठक राखेर लाभांश प्रस्ताव गरेको थियो भने त्यसको जानकारी बजार बन्द भएपछि नेप्सेलाई गराएको हो । लाभांश प्रस्ताव गर्दा कारोबार समयमा संचालक समितिको बैठक राख्न नहुने तथा प्रस्ताव गरिएको लाभांश सोहि दिन वा अर्को दिन बजार खुल्नु अगाडी नेप्सेलाई जानकारी गराउनु पर्ने ब्यबस्था छ ।
कम्पनीले आव २०७८र७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश गरि कुल ४२ दशमलव १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस