aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पिपुल्स हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
पिपुल्स हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार (आज) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल, काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट गरिनेछ ।

मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ पर्न भाग्यकै भर पर्नुपर्ने देखिन्छ । यस आईपीओमा १२ लाख ३४ हजार ३१० जना आवेदकले १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् । यस आधारमा ५ लाख १५ हजार ७८८ जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् ।  
 

प्रतिक्रिया दिनुहोस