aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पिपुल्स हाइड्रोपावर आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
पिपुल्स हाइड्रोपावर आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक सानिमा क्यापिटल बाँडफाँट भएको हो ।  कम्पनीको आईपीओमा ५ लाख १५ हजार ७८८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

उक्त आईपीओमा १२ लाख ३० हजार ६०५ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ३ हजार ५४६ जना आवेदकको आवेदन रद्ध भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । 

कम्पनीले  कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ निष्कासन गरेको थियो । यो मध्ये २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।  बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन दिएका हुन ।  

आवेदकले बिक्री प्रबन्धकको वेबसाइट र मेरो शेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, कम्पनीकोे वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
 

प्रतिक्रिया दिनुहोस