aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना बीमाको रकम मंगलबारबाट भुक्तानी हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
कोरोना बीमाको रकम मंगलबारबाट भुक्तानी हुने

काठमाडौं । कोरोना बीमा वापतको दावी भुक्तानी आगामी मंगलबारबाट हुने भएको छ । लामो समयदेखि भुक्तानी हुन नसकेको कोरोना बीमाको दावी भुक्तानी मंगलबारबाट गर्न लागिएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडलले जानकारी दिए ।

उनले, ‘आर्थिक न्युजसँग भने, ‘आगामी मंसिर १ गतदेखि पलिा आउनेले प्राथमिकताको आधारमा दावी भुक्तानी गर्न लागेका छौं ।’ त्यस्तै, उनले नेपाल पुनर्बीमा कम्पनीको रकम नआएतापनि अब दावी भुक्तानी नरोकिने बताए । सरकारले दिएको एक अर्ब रुपैयाँमा थप ८१ करोड रुपैयाँ थपेर भुक्तानी गर्न लागिएको निर्देशक पौडेलले जानकारी दिए । 

यता नेपाल पुनर्बीमा कम्पनीले भने आफ्नो भागमा परेको रकम अझै उपलब्ध गराएको छैन । कोरोना बीमा वापतको रकम पहिले नै तिरीसकेको भन्दै बाँकी रकम तिर्न नसक्ने भन्दै बीमा प्राधिकरणमा चिठ्ठी पठाएको पुनर्बीमा कम्पनीले जनाएको छ । 

कोरोना बीमाको मापदण्डअनुसार दावी भुक्तानी दायित्वमा १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म नेपाल पुनर्बीमा कम्पनीमा, १ अर्ब रुपैयाँसम्म बीमा कम्पनी,३ अर्ब ५० करोड रुपैयाँसम्म कम्पनीहरुको महाविपत्ती कोषबाट र २ अर्ब ५० करोडदेखि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दावी भुक्तानी दायित्व बहन गर्नुपर्ने उल्लेख छ ।

बीमा समितिको तथ्याङ्क अनुसार कोरोना बीमामा १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ । हालसम्म कोरोना बीमा पुलमार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरूबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । कोरोना बीमा कार्यविधि अनुसार सरकारले अनुदानका रूपमा कोरोना बीमा दाबीको बहन गर्ने भनेको ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस