aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कृषि क्षेत्रमा मात्रै भक्तपुर नगरपालिकाको अढाई करोड बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
कृषि क्षेत्रमा मात्रै भक्तपुर नगरपालिकाको  अढाई करोड बजेट

काठमाडौं । भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्ष कृषि क्षेत्रमा २ करोड ५० लाख बजेट छुट्याएको छ । विउ विजन वितरण, कृषि तालिम, पशु वधशाला, पशु कार्यक्रम, फलफुल र तरकारी बजारको लागि उक्त बजेट छुट्याएको हो । 

विउ विजन वितरण ५० लाख रुपैयाँ, कृषि तालिममा २५ लाख रुपैयाँ, पशु वधशाला १ करोड रुपैयाँ, पशु कार्यक्रम २५ लाख रुपैयाँ, फलफुल र तरकारी बजारको लागि ५० लाख रुपैयाँ नगरपालिकाले छुट्याएको भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिले बताए  । 

कम जग्गामा बढी उत्पादन गर्ने उद्देश्यले किसानहरुलाई विभिन्न किसिमका तरकारी वा बाली उत्पादन सम्बन्धि कृषि विशेषज्ञहरुबाट तालिमको व्यवस्था मिलाउने भएको छ । गत आर्थिक बर्ष मात्र किसानहरुको हितलाई ध्यानमा राखेर उन्नत जातको अन्न र तरकारीको बिउ वितरण गर्दै आएको मेयर प्रजापतिले जानकारी दिए । उनले भने, ‘सिजन अनुसार अन्न बालीमा अनुदान दिदै आएका छौ । गत बर्ष मात्रै प्रतिपरिवार आलु र गहुँ ५ केजी र धान ३ केजीका दरले निःशुल्क वितरण गरेका थियौ ।’ 

त्यस्तै भक्तपुर नगरपालिकाले कौस खेतीमा ६० जनालाई तालिम दिएको छ । आफ्नो घर अगाडी रहेको कौसमा तरकारी बाली लगाएर विषादी तरकारी खानबाट जोगिन सो तालिम दिएको मेयर प्रजापतिको भनाइ छ । 

रसायनीक मल प्रयोग कम गरौ भन्ने उद्देश्यले कम्पोष्ट मल बनाउने विधि सिकाएको, गड्याउला मल बनाउने तरिका र सहुलयत दरमा प्रति घर एक डसबिनको व्यवस्था पनि गरेको बताए । 

कृषि उत्पादकत्व वृद्धिको लागि माटो परीक्षण तालिम, बिषाद–प्रयोग सम्बन्ध तालिम, गद्यौला मल उत्पादन, कौस खेती, च्याउ खेतीलगायत बेमौसी तरकारी खेतीमा तालिम दिएको नगरपालिकाले जानकारी दिएको छ । 

गत बर्ष कृषि व्यवसाय गर्नेलाई सजिलो हुने हिसाबले गहुँ थे्रसर गर्नको लागि १० वटा वडामा प्रति एक वटामा एक थ्रेसर अनुदानको दिएको छ । जसमा ७५ प्रतिशत कृषि मन्त्रालय र २५ प्रतिशत नगरपालिकाले अनुदान जिम्मा भक्तपुरका वडा कृषि समूहलाई दिएको छ । 
 
 

प्रतिक्रिया दिनुहोस