aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बजाजको चाडपर्व अफर 'दिमाग डामाडोल’, २० लाखसम्मको बीमा निशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
बजाजको चाडपर्व अफर 'दिमाग डामाडोल’, २० लाखसम्मको बीमा निशुल्क

काठमाडौं ।  बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रा.लि.ले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ । 

यो योजना अन्तर्गत बजाज आरइेमार्फत अधिक खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरइका ग्राहकहरुले अधिक फाइदाहरुका साथै फ्रिमा सामसङ्गको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सक्ने सन्देश दिइएको छ । 

यस स्किम मार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकहरुले कुनै पनि खरिदमा फ्रि मा ३२ इन्च सामसङ्ग टिभी पाउँनका साथै ४० हजार किमी सम्म अथवा २ वर्ष सम्मको वारेन्टी, निशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागि फ्रि ए.एम.सी. पाउनेछन् । साथै बजाज आरईको खरिदमा ग्राहकहरुले २० लाखको जीवन बिमा र ५ लाखको स्वास्थ्य बिमा पाउनेछन् ।

हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रा.लि.का निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालीहरुले मनाउने ठुला पर्वहरु आउँदै छन् र यस्ता चाडपर्वले मानिसमा उत्साह, उमंग तथा आशा लिएर आएको हुन्छ । यो समय भनेको रमाइलो गर्ने सम्भावना र खुसी खोज्ने प्रयास पनि हो । हामी आफ्ना अमुल्य ग्राहकहरु माझ सबैमा खुसी ल्याउने यस्तो योजना ल्याउन पाउँदा अत्यन्तै खुसी छौ । '

उनले थपे, 'हामी हाम्रा ग्राहक वर्गमा यो रमाइलो क्षणमा उत्कृष्ट उत्पादन प्रदान गर्नुका साथै उत्कृष्ट योजनाहरु पनि प्रदान गर्ने छौ । हामीलाई विश्वास छ हाम्रा बजाज आरईका ग्राहकहरु ३२ इन्चको सामसङ्ग टिभी फ्रि पाउँदा खुसी हुने छन् साथै यो अफरले उनीहरुको परिवारमा समेत पर्वको उत्साह छाउनेछ ।’

प्रतिक्रिया दिनुहोस