aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युनाईटेड इदी मर्दीको साधारण सभा मंसिर २८ गते, लाभांश प्रस्ताव पास गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
युनाईटेड इदी मर्दीको साधारण सभा मंसिर २८ गते, लाभांश प्रस्ताव पास गर्दै

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले मंसिर २८ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले आभ्या क्लब , घारीपाटन, पोखरामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्ग्याउनेछ ।

यस वर्ष कम्पनीले १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाका लागि तय गरेको छ । सभाले लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस