aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बाराही हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
बाराही हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले कात्तिक ४ गतेदेखि २५ गतेसम्म स्थानीयमा आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका स्थानीयमा मंसिर ७ गते १ लाख ४६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले स्थानीयमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुका लागि कम्पनीले आईपीओ विक्री गरेको हो ।

स्थानीयका लागि छुट्याईएकोमध्ये विक्री नभएको १ लाख ४ हजार कित्ता शेयर भने सर्वसाधारणमा थप भएर आउनेछ । पहिलो चरणमा स्थानीयमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले बाग्लुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७४ साल असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । 

आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. ६४ दशमलव ९७ छ ।

गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ४ करोड ७७ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. ७३ दशमलव ४५ छ ।

प्रतिक्रिया दिनुहोस