aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको विशेष साधारण सभा मंसिर २३ गते, ६ सञ्चालक निर्वाचित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको विशेष साधारण सभा मंसिर २३ गते, ६ सञ्चालक निर्वाचित हुदैं

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सञ्चालक निर्वाचनको प्रस्ताव सहित विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ ।

विशेष साधारण सभाले कम्पनीको गत असार २० गतेदेखि मंसिर २३ गतेसम्म वर्तमान सञ्चालक समितिले गरेको कामकाजको अनुमोदन गर्नेछ । सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । निर्वाचन सम्बन्धि कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको सुचना पाटीमा प्रकाशित गरे बमोजिम हुने कम्पनीको भनाई छ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस