aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ निष्काशनका लागि पाँच हाइड्रोपावर कम्पनीले पाए बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
आईपीओ निष्काशनका लागि पाँच हाइड्रोपावर कम्पनीले पाए बोर्डको अनुमति

काठमाडौं । पछिल्लो समय पाँच जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएका छन् । बोर्डले एशियन हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, माया खोला हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र सुभम पावरलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको हो । 

एशियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि समेत रू. ११ करोड ८० हजार बराबरको ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो । बोर्डले एशियन हाइड्रोपावरलाई कात्तिक २९ गते आईप्ीओ निष्कासनको अनुमति प्रदान गरेको जानकारी दिएको छ । बाँकी चार कम्पनीले भने एकै दिन मंसिर १ गते आईपीओ निष्कासनको अनुमति पाएका हुन । सुपरमाई हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा समेत कुल रू. १० करोड बराबरको १० लाख कित्ता आईपीओ जारी गर्न अनुमति पाएको छ । 

त्यस्तै सुपर मादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि रू. ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको लागि बोर्डले अनुमति दिएको छ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि रू. ३४ करोड बराबरको ३४ लाख कित्ता र सुभम पावरले भने सर्वसाधारण शेयरधनीका लागि मात्र रू. ५ करोड ८० लाख ५८ हजार बराबरको ५ लाख ८० हजार ५८० कित्ता आइपीओ निष्कासनको लागि अनुमति पाएको हो ।

 विक्री प्रबन्धकमा भने एशियन हाइड्रोपावरको एनएमबि क्यापिटल लिमिटेड, सुपरमाई हाइड्रोपावर र सुपार मादी हाइड्रोपावरको सानिमा क्यापिटल, माया खोला हाइड्रोपावरको प्रभु क्यापिटल र सुभम पावरको मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् । 

प्रतिक्रिया दिनुहोस