aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन डिष्टिलरीद्धारा ७० प्रतिशत लाभांश प्रस्ताव, बोनस कति?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
हिमालयन डिष्टिलरीद्धारा ७० प्रतिशत लाभांश प्रस्ताव, बोनस कति?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर ९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ६० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश कम्पनीको आगामी २२औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले प्राप्त गर्नेछन् । मंसिर ९ गतेकै सञ्चालक समितिको बैठकले २२औं वार्षिक साधारण सभा पुस २७ गते कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्जमा गर्ने निर्णय समेत गरेको कम्पनीले जानकारी दिएको छ ।

उक्त सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको जानकारी दिदैं कम्पनीले बुक क्लोजको अघिल्लो कारोबार दिन पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

गत वर्ष शतप्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष ३० प्रतिशत कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष भने कम्पनीले ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस