
काठमाडौं । जीवन बीमक संघको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली उपाध्यक्षमा चयन भएका छन । त्यस्तै, महासचिवमा ज्योती लाइफ इन्स्योरेन्सका सीईओ प्रकाशविक्रम खत्री, कोषाध्यक्षमा एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेशलाल श्रेष्ठलाई रहेका छन ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा एलआईसी नेपालका सीईओ लक्ष्मी प्रसाद दास, रिलायबल नेपाल लाइफका नारायणबाबु लोहनी, आईएमई लाइफ इन्स्योरेन्सका कवि फुयाँललाई चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस