aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बुधबारबाट बेष्ट फाइनान्सको हकप्रद शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
बुधबारबाट बेष्ट फाइनान्सको हकप्रद शेयर लिलामीमा

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लि.ले हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

फाइनान्सले सर्वसाधारणको लागि न्यूनतम १०० रुपैयाँ प्रतिशेयरका दरले दुई लाख ४४ हजार ५४९ दशमलव ९० कित्ता शेयर लिलामी राख्ने भएको हो । यो शेयर खरिद गर्नका लागि बढाबढमा १०० रुपैयाँ भन्दा माथि कबुल गनुपर्नेछ ।

उक्त हकप्रद शेयर खरिदका लागि सर्वसाधारणले भाद्र ११ गतेबाट शिलबन्दी बोलपत्र पेस सकिने छ । जसकालागी प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौँ, बेष्ट फाइनान्सका शाखाहरू ९केन्द्रीय कार्यालय कमलादी, मिलन चोक बुटवल, अमर पथ बुटवल, नेपालगञ्ज बाँके, घोराही दाङ र न्यूरोड पोखरा० तथा प्रभु बैङ्क लिमिटेडका शाखाहरूबाट बोलपत्र फारम लिन र बुझाउन सकिने छ । 

फाइनान्सको शेयरका लागि यसै आ।व।को भाद्र २५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले सर्वसाधारण तर्फ दुई लाख ४४ हजार ५४९ दशमलव ९० कित्ता र संस्थापक तर्फ ५ लाख, ५७ हजार ६७४ दशमलव ५७ कित्ता गरी जम्मा ८ लाख दुई हजार २२४ दशमलव ४७ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्रीका लागी शिलन्दी बोलपत्र आव्हान गरेको हो ।

प्रतिक्रिया दिनुहोस