aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरा मा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको  थियो ।  

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाइ अझबढी ब्यवसायिक बनाउदै लैजाने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बताए ।

साथै उनीहरुको जिवनस्तर मा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस्ता कार्यक्रमहरु सुदुर पश्चिम प्रदेशबाट सम्पन्न गर्दै आइरहेको र सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा ८ गते धनगढी मा र मङ्सिर ९ गते डडेलधुरामा यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण  दिएका थिए ।   कार्यक्रममा उत्कृष्ट ब्यवसाय गरि डडेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले  सम्मान पत्रबाट सम्मान गरेका थिए । 

कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्ण दत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस