
एजेन्सी । हिरो मोटोकर्पको गाडी अर्को महिनादेखि महँगो हुने भएको छ । कम्पनीले डिसेम्बर १ गतेदेखि आफ्ना दुई पाङ्ग्रे सवारीसाधनको मूल्य १५ सय रुपैयाँसम्म बढाउने घोषणा गरेको छ । जसका कारण हिरो डिलक्स, स्प्लेन्डर र प्यासन लगायतका गाडीहरु महँगो हुने भएका छन् ।
हिरो मोटोकर्पका अनुसार मोटरसाइकल र स्कुटरको निर्माण लागत बढ्दै गएकाले मूल्यवृद्धि आवश्यक भएको हो । कम्पनीका प्रमुख वित्तीय अधिकृत निरञ्जन गुप्ताले मोटरसाइकल र स्कुटरको मूल्य बढाउन अनिवार्य भएको बताए ।
मुद्रास्फीतिका कारण सवारीसाधनका विभिन्न पार्टपुर्जाको मूल्य बढेकोले समग्र निर्माण लागत बढेको छ । त्यसैले हामी सबै सवारीसाधनको मूल्य बढाउन लागेका छौं ।
मंसिर १ गतेदेखि यी सवारीसाधन १ हजार ५ सय रुपैयाँले महँगो हुनेछन् । सबै सवारी साधनको मूल्य छुट्टाछुट्टै बढाइनेछ । हिरोज स्प्लेन्डर धेरै महिनादेखि देशकै नम्बर १ मोटरसाइकल बनेको छ । हिरोले अक्टोबरमा स्प्लेन्डरका २,६१,७२१ युनिट बिक्री गरेको थियो।
यसअघि हिरो मोटोकर्पले यस वर्षको सेप्टेम्बर महिनामा पनि गाडीको मूल्य बढाएको थियो । हालसम्म कम्पनीले सबै दुईपाङ्ग्रे मोडलको एक्स–शोरुम मूल्य रु १००० देखि ३००० रुप्रैयाँसम्म बढाएको थियो ।
हिरो मोटोकर्पले २०२१ मा चार पटक मूल्य बढाएको छ । कम्पनीले जनवरी, अप्रिल, जुलाई र सेप्टेम्बरमा आफ्ना गाडी महँगो बनाएको थियो । त्यतिबेला पनि महँगो कच्चा पदार्थ नै मूल्यवृद्धि हुनुको कारण रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस