aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आरएसडिसी लघुवित्तको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
आरएसडिसी लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा कुल ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ५१ लाख ५५ हजार रहेको छ । सोही पूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस