aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले वितरण गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले वितरण गर्यो लाभांश

काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले यस वर्षको लाभांश वितरण गर्न सुरु गरेको छ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको यस योजनाले कर समेत ६ प्रतिशत नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो । 

योजनाको यस वर्षको लाभांश प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गरिएको थियो । कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको लाभांश प्राप्त गरेका हुन । 

मंसिर ९ गतेदेखि लाभांश वितरण गर्न सुरु गरिएकाले आफ्नो लाभांश खातामा आए नआएको एकिन गर्न समेत योजना व्यवस्थापकले अनुरोध गरेको छ । हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरूले यथासिघ्र अद्यावधि गराई लाभांश प्राप्त गर्न योजना व्यवस्थापकले अनुरोध गरेको छ ।

खुला मुखी प्रकृतिको यस योजनाको लाभांश पुनः लगानी गर्न सकिने व्यवस्था समेत रहेको छ । लाभांश पुनः लगानी गर्न इच्छुक इकाईधनीहरूसँग आवेदन माग गरी लगानी गर्न नचाहने इकाईधनीहरूको लाभांश भने वितरण गर्न सुरु गरिएको  हो । लाभांश पुनः लगानी योजनामा सहभागी हुनका लागि कात्तिक ३० गतेभित्र आवेदन माग गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस