
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा १९ बीमा कम्पनीमा २२ हजार भन्दाबढिले गरे बीमा पोलिसी त्याग गरेको छन् । बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोज मसान्तसम्म २२ हजार ५३७ बीमितले ३ अर्ब ४३ करोड ४६ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् ।
प्राधिकरणका अनुसार साउन महिनामा बीमितहरुले ८ हजार ४२२ बीमालेख सरेन्डर गरेका थिए । उक्त संख्या घटेर भदौ महिनामा ४.३९ प्रतिशतले घटेको थियो । भदौमा बीमितहरुले ८ हजार ५२ बीमालेख त्याग गरेका थिए । असोज महिना भने ६ हजार ६३ बीमा लेख सरेन्डर भएका छन् ।
असोज महिनामा १९ जीवन बीमा कम्पनीको ७७ करोड ३२ लाख २८ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानका रहेका छन् ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको २८ करोड ३ लाख ४९ हजार रुपैयाँ बराबरको २ हजार ६४ बीमालेख सरेन्डर भएका छन् । त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा संस्थानको ९ करोड ३० लाख ३८ हजार रुपैयाँ बराबरको १ हजार ४७३ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस