
काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. १०० देखि ३०० सम्म ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०० रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ मङ्सिर ७ गते बाँडफाँट भएको थियो । कम्पनीको शेयर किन्न आवेदन दिएका १२ लाख ३० हजार ६०५ जनामध्येबाट गोलाप्रथाद्वारा ५ लाख १५ हजार ७८८ जनाले १०÷१० कित्ताका दरले शेयर पाएका थिए ।
प्रतिक्रिया दिनुहोस