काठमाडौं । बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई अनुमति दिने निर्णय गरेको छ । गत भदौमा माग गरेको आवेदन दिएका ३१ मध्येबाट सात वटाले लाइसेन्स पाएका हुन । जीवन बीमा तर्फ तीन वटा र निर्जीवन तर्फ चार वटाले लाइसेन्स पाएका छन् । जीवन तर्फ लाइसेन्स पाउनेहरुमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् ।
त्यस्तै, निर्जीवन तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाएका छन् । उक्त लाइसेन्स वितरण गर्ने प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन अबस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस