aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

समिट लघुवित्तले २२.२% लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
समिट लघुवित्तले २२.२% लाभांश दिने

काठमाडौं । समिट माइक्रोफाइनान्स वित्तीय संस्थाले २२.२% लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २१.०९% बोनस र यसमा लाग्ने कर तिर्न १.११% नगद लाभांश दिने भएको छ ।

यसर्थ, कम्पनीले ४ करोड ४३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न २३ लाख ३१ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । 

कम्पनीको लाभांश अनुपात गत वर्ष थोरै कम भएको देखिन्छ । गत वर्ष समिटले २३.५३% बोनस र १.२४% नगद नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस