
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए)ले विद्युतीय प्रसारण लाइन निर्माणको लागि ठेक्का आह्वान गरेको छ । विद्युत् प्रसारणलाइनको ठेक्का निर्माणका लागि बोलबपत्र आह्वान गरेको हो ।
एमसीएले पहिलो चरणमा लप्सिफेदी–रातामाटे–हेटौँडा ४०० केभी (१७७ किलोमिटर), दोस्रो चरणमा रातामाटे–दमौली ४०० केभी (९० किलोमिटर)को र तेस्रो चरणमा दमौली–बुटवल ४०० केभी (१०८ किलोमिटर)को ठेक्का आह्वान भएको छ । आयोजनाले कूल ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्नेछ ।
ठेक्कामा भाग लिने कम्पनीले यहि चैत २९ गतेसम्ममा आवेदन दिएसक्नु पर्ने छ । ठेकदारले आयोजनाको डिजाइन, सप्लाई, डेलिभरी, इन्सटलेसन, टेष्टिङ र कमिनसिङ गर्नुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस