
काठमाडौ । सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले असोज १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया दिनुहोस