aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्भेष्टमेण्टकाे साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ मंसिर २०७९
नेपाल इन्भेष्टमेण्टकाे साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ३६औं वार्षिक साधारण सभा पुस ७ गते गर्ने भएको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले ३६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत)  वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर २१ गते देखि पुस ७ गते बुक क्लोज गर्ने  जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मंसिर २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस