
काठमाडौं । कोरोना बीमा बीमाको सिद्धान्तभन्दा बाहिर गएर गरिएको बीमा भन्दै आएका नेपाल पुनर्बीमा कम्पनीको संचालक समितिका अध्यक्ष डा.रवीन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
सरकार र बीमा प्राधिकरणबीचमा कोरोना बीमा दाबी भुक्तानीलाई लिएर विवाद भएपछि घिमिरेले राजीनामा दिएका हुन् । केहि दिन पहिला मात्रै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमामा सरकारलाई सहयोग नगर्ने भए पुर्नबीमा कम्पनीको बैक खाता रोक्ने धम्की दिएका थिए ।
‘कोरोना बीमाको दाबी भुक्तानीको लागि नेपाल पुनर्बीमा कम्पनीले जति रकम दायित्व लिनुपर्ने हो, त्यो पहिला नै तिरिसकिएको छ, अहिले फेरि हामीलाई थप रकम तिर्न भनियो, कुनै पनि नियम कानुन वा अभ्यासले हामीलाई थप रकम तिर्नुपर्ने देखाउँदैन आर्थिकन्युजसँग अध्यक्ष घिमिरेले भने ।
विगतदेखि नै रोकिएको कोरोना बीमाको दाबी भुक्तानीको लागि सरकारले १ अर्ब रुपैयाँ निकासा गरेको थियो । अर्थ मन्त्रालयले दिएको १ अर्ब रूपैयाँमा ८१ करोड रूपैयाँ थप गरेर भुक्तानी गर्न खोज्दा समस्या उत्पन्न भएको हो ।
प्राधिकरणले तय गरेको मोडालिटीमा अर्थ मन्त्रालयले दिएको १ अर्ब रूपैयाँलाई ५५ प्रतिशत मान्दा हुन आउने रकमलाई सतप्रतिशत मानी त्यसको ८ प्रतिशत (१४ करोड ५४ लाख रूपैयाँ) प्राधिकरणले दिने भनिएको थियो । यस्तै नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत (२१ करोड ८१ लाख रूपैयाँ) र निर्जीवन बीमा कम्पनीहरूले २५ प्रतिशत (४५ करोड ४५ लाख) रूपैयाँ दिने भनिएको थियो ।
प्रतिक्रिया दिनुहोस