aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विद्युतीय गाडी किन्नेलाई खुशीको खबर, बैंकले ८० प्रतिशतसम्म ऋण दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
विद्युतीय गाडी किन्नेलाई खुशीको खबर, बैंकले ८० प्रतिशतसम्म ऋण दिने

काठमाडौं । टाटाका विद्युतीय गाडी नेक्सन र टिगोर खरिद गर्न चाहनेलाई एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने भएको छ। टाटाका विद्युतीय गाडी खरिद गर्न सहुलियतमा ऋण प्रवाह गर्न सोमबार एभरेष्ट बैंक र टाटा गाडीको बिक्रेता सिप्रदी ट्रेडिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यस सम्बन्धमा एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको छ। हाल, टाटा मोटर्सले नेक्सन ईभी र टिगोर ईभी, नेपालका उत्कृष्ट इलेक्ट्रिक गाडीहरू प्रदान गर्दछ।

सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट ७ वर्षसम्म १२.८ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जा सुविधा पाउनेछन् । सवारी साधनको कुल लागतको ८० प्रतिशतसम्म एभरेस्ट बैंकले ऋण दिनेछ । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम ऋण प्रवाह गरिनेछ ।

सम्झौतामा बैंकले सिप्रदी र यस अन्तर्गत रहेका आधिकारिक बिक्रेताले बिक्री गर्ने नेक्सन र टिगोर इभी खरिद गर्न ८० प्रतिशतसम्म ऋण सहज रुपमा पाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस