aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सका २३७ बीमितले कोरोना बीमाको दावी भुक्तानी पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
एनएलजी इन्स्योरेन्सका २३७ बीमितले कोरोना बीमाको दावी भुक्तानी पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका २३७ जना बीमितले कोरोना बीमाको दावी भुक्तानी पाउने भएका छन् । कम्पनीले नेपाल सरकार, अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा र नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पहिलो लटमा २३७ जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी दिने भएको हो ।

कम्पनीबाट जारी गरिएका एकल तथा पारिवारिक बीमालेख अन्तर्गत पहिलो दावीकर्ताहरुलाई प्राथमिकतामा राखी मंगलबारदेखि कम्पनीले बीमितहरुलाई भुक्तानी दिन थालेको हो ।

कम्पनीले फर्छौट हुने कोरोना बीमा दावीकर्ताहरुको विवरण कम्पनीको वेवसाइटमा उपलब्ध गराएको जनाएकाे छ । साथै कम्पनीले बीमितहरुलाई भुक्तानीमा सहज गराउन लागि दुई जनाको कर्मचारीको फोन नम्बर समेत उपलब्ध गराएको छ । बीमितले नीरोज रेग्मीलाई ९८४३७३७०३९ र रबी मर्हजनलाई ९८६१७९०४०६ मा सम्पर्क गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस