aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माया खोला हाइड्रोपावरले मंसिर २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
माया खोला हाइड्रोपावरले मंसिर २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९  का स्थानीय,  धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४, ५, का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

त्यस्तै प्रभवित क्षेत्रको रुपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  २ लाख ४० हजार कित्ता शेयर भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

स्थानीयमा निष्कासन गरिएको शेयर छिटोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा गएको नेपाली नागरिकले भने पुस ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । 

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा गएका नेपालीले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ ।

वैदेशिक रोजगारमा गएकाले नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेको नेपालीमा आईपीओ विक्री पछि सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।कम्पनीले संखुवासभामा १४ दशमलव ९ मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस